भारतसँग ग्याँस पाइपलाइन विस्तार गर्ने सहमति - समता पोस्ट

सत्य सुचना मनोरञ्जन र खबरको संगालो

हेडलाईन

Revnue

Sunday 30 September 2018

भारतसँग ग्याँस पाइपलाइन विस्तार गर्ने सहमति

कौशिला कुँवर/ काठमाडौं  ।

नेपाल र भारतबीच ग्याँस पाइपलाइन विस्तार गर्ने समझदारी भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याँसमन्त्री धर्मेन्द्र प्रधानबीच शुक्रबार काठमाडौंमा बसेको दुवै देशको मन्त्रीस्तरीय बैठकले ग्याँस पाइपलाइन विस्तार गर्ने समझदारी गरेको हो ।

आपूर्तिमन्त्री यादवले दुई देशबीचको बैठकमा भारतको गोरखपुरबाट नेपालको सुनौलीमा ग्याँस पाइपलाइन विस्तार गर्न आवश्यक तयारी गर्ने समझदारी भएको जानकारी दिए ।

बैठकपछि भारतका पेट्रोलियम तथा प्राकृतिक ग्याँसमन्त्री प्रधानले ग्याँस पाइपलाइन विस्तारको कामलाई अघि बढाउने विषयमा छलफल सुरु गरिएको जानकारी दिए । उनले मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाको काम द्रुतगतिमा भइरहेकामा नेपाल र भारतका अधिकारीले सन्तोष व्यक्त गरेको बताए । उनले पाइपलाइनलाई चितवनसम्म पु¥याउन पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बनेको जानकारी दिए ।

मन्त्रीस्तरीय बैठकले मोतिहारी–अमलेखगन्ज पेट्रोल पाइपलाइन विस्तारको काम सन्तोषजनक ढंगले अघि बढेको निष्कर्ष पनि निकालेको छ ।


नेपालका ग्याँस बुलेटले नै ग्याँस आयात गर्न पाउने


बैठकले नेपालका ग्याँस बुलेटले नै खाना पकाउने (एलपी) ग्याँस आयात गर्न पाउने सहमति गरेको छ । सहमतिअनुसार नेपालका ५३ ग्याँस बुलेटले खाना पकाउने (एलपी) ग्याँस ढुवानी गर्नेछन् ।

मन्त्री यादवले निकट भविष्यमा नेपालका ग्याँस बुलेटले नै एलपी ग्याँस ढुवानी गर्ने द्विपक्षीय सहमति भएको जानकारी गराए । 

नेपाल र भारतबीच ७ भदौ २०७२ मा परियोजना निर्माण गर्न मन्त्रिस्तरीय सम्झौता भएको थियो । तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्याँस राज्यमन्त्री प्रधानबीच नेपाल र भारतबीच रक्सौल–अमलेखगन्ज पाइपलाइन परियोजना निर्माणसम्बन्धी सम्झौता भएको थियो ।

। यसअघि सम्झौता गर्दा रक्सौलदेखि अमलेखगन्जसम्म पाइपलाइन विस्तार गर्ने उल्लेख थियो । नयाँ रुट मोतिहारी–रक्सौल–अमलेखगन्ज तय भएको थियो । अघिल्लो रुटको कुल लम्बाई ४१ किलोमिटर थियो । जसमा ३९ किलोमिटर नेपालमा र बाँकी दुई किलोमिटर भारतीय भूभागमा रहन्थ्यो ।

यसअघि तय भएको योजनाअनुसार अब पेट्रोलियम पाइपलाइनको लम्बाइ झन्डै ६९ किलोमिटर पुगेको छ ।

२०७४ फागुनदेखि पाइपलाइन बिछ््याउने काम सुरु भएको हो । ३० महिनामा ६९ दशमलव ९ किलोमिटर पाइपलाइन बिछ्याउने लक्ष्य इन्डियन आयल कर्पोरेसन (आईओसी) ले लिएको थियो । मोतिहारीदेखि रक्सौल बोर्डरसम्म ३३ दशमलव ७ किलोमिटर रहेको छ भने रक्सौल बोर्डरदेखि अमलेखगन्जसम्म ३६ दशमलव २ किलोमिटर दूरी रहेको छ । पाइपलाइन बिच्छ्याउने क्षेत्रमा झन्डै २५ हजार रूख कटानी गर्नुपर्ने र ४ हजार १३५ घर तथा टहरा हटाउनुपर्ने भनिएको थियो ।

काम सुरु भएको ३० महिनाभित्र पाइपलाइनको सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ ६८ दशमलव ९ किलोमिटर लामो सो पाइपलाइन निर्माणको काम दु्रतगतिमा भइरहेको छ । परियोजना पूरा भएपछि नेपाल आयल निगमको अमलेखगन्ज डिपोले प्रतिघण्टा १९१ किलोलिटर इन्धन आयात गर्न सक्नेछ ।

बैठकमा दुवै देशका वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालयका साथै नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनका उच्च अधिकारी पनि सहभागी थिए ।

No comments:

Post a Comment

Pages