बर्दिया निकुञ्ज अवलोकन गर्न ४ नाका खुल्यो - समता पोस्ट

सत्य सुचना मनोरञ्जन र खबरको संगालो

हेडलाईन

Revnue

Sunday 30 September 2018

बर्दिया निकुञ्ज अवलोकन गर्न ४ नाका खुल्यो

सुदीप अधिकारी/बर्दिया ।

बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउने पर्यटकका लागि निकुञ्जले थप चार नाका खुला गरेको छ । निकुञ्जले उत्तर तर्फ सुर्खेत रत्न राजमार्गमा जोडिएको चेपाङ्ग क्षेत्र, दक्षिण तर्फ पूर्वपश्चिम राजमार्गको रम्मापुर र आम्बासा क्षेत्रबाट निकुञ्ज प्रवेश गर्न सक्ने गरि नाका खुला गरेको हो ।


त्यसैगरि निकुञ्जको पश्चिम दक्षिण क्षेत्रको बञ्जरिया क्षेत्रबाट निकुञ्ज प्रवेश खुला गरिएको छ । निकुञ्जले यस अघि आन्तरिक तथा वाह्य पर्यटकका लागि बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्धाराबाट मात्र प्रवेश अनुमती दिँदै आएको थियो । यस अघि निकुञ्ज अवलोकन गर्न आउने पर्यटकहरु ठाकुरद्धाराबाट मात्र निकुञ्ज प्रवेश गर्न पाउँथे ।


थप चार नाका खुलेसँगै पर्यटकहरुलाई निकुञ्ज अवलोकनका लागि सहज हुने भएको छ । निकुञ्जले नयाँ चार नाकामा आवश्यक कर्मचारी व्यवस्थापन गरि नाका खुला गरेको जनाएको छ । निकुञ्ज प्रवेशका नयाँ द्धार खुलेसँगै निकुञ्ज अवलोकनका लागि पर्यटकहरुलाई ठाकुरद्धारा नै धाउनु बाध्यता हटेको छ ।



पर्यापर्यटनको विकासका लागि अवश्यक्ता अनुसार नयाँ चार वटा द्धार खुला गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए । नयाँ द्धार खुलेसँगै आन्तरिक तथा वाह्य सबै पर्यटकहरुलाई निकुञ्ज अवलोकनमा सहजता आउने भण्डारी बताउँछन् । थप नाका खेलेसँगै निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा वृद्धि हुने पर्यटन व्यवसायीहरुको विश्वास छ ।


सुर्खेत रत्न राजमार्गसँग जोडिएको चेपाङ्ग नाकाबाट ६ नम्वर प्रदेशका पर्यटकलाई निकुञ्ज अवलोकन गर्न सहज हुनेछ । पूर्वपश्चिम राजमार्गको रम्मापुर र आम्बासा नाकाबाट वाँके, बर्दिया, कैलालीसँगै पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने जो कोहीलाई पनि निकुञ्ज अवलोकनमा सहज हुने अपेक्षा गरिएको छ ।


निकुञ्जको पश्चिम दक्षिणमा खुला गरिएको बञ्जरिया नाकाबाट राजापुर र गेरुवा क्षेत्रका बासिन्दालाई निकै फाइदा पुग्ने निकुञ्जको विश्वास छ । निकुञ्ज घुम्न आउने पर्यटकले नयाँ खुला गरिएका सबै नाकाबाट निकुञ्जमा हात्ती सफारी, जंगल ड्रइभ, जंगल वाक, बबई र कर्णाली नदीमा र्फ्टिङ्ग लगाएतका सुविधा प्राप्त गर्न सक्ने निकुञ्जका सहयाक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए ।


यसका साथै निकुञ्ज प्रवेश गर्न आन्तरिक पर्यटकका लागि ५० रुपैँया, सार्क मुलुकका पर्यटकका लागि ५ सय रुपैँया र अन्य विदेशी पर्यटकका लागि १ हजार रुपैँया शुल्क तोकिएको छ ।  हात्ती सफारी, जंगल ड्रइभ, जंगल वाक, बबई र कर्णाली नदीमा ¥फ्टिङ्ग लगाएतका सुविधाका लागि भने पर्यटकले अतिरिक्त शुल्क तिर्नु पर्ने छ । नयाँ नाका खुले पछि स्थानियबासी पनि खुशी भएका छन् । नयाँ नाका खुल्नाले निकुञ्ज अवलोकनका लागि सर्वसाधारणलाई पनि सहज भएको रम्मापुरका स्थानिय यामप्रसाद उपाध्यायले बताए । नाका खुले पछि खुशी हुँदै उनले भने, ‘निकुञ्ज घुक्नका लागि ठाकुरद्धारा नै जानु पर्थेयो । अव त्यो बाध्यता हटेको छ । चाहेको बेला सजिलै निकुञ्ज घुम्न पाइने भयो ।’


नयाँ खुलेका नाकाबाट पर्यटकले निकुञ्ज भित्र भएर बग्ने बबई नदीमा र्फटिङ्ग गर्न सक्ने छन् । यसैगरि निकुञ्ज भित्र रहेको मनमोहक बबई भ्याली पनि अवलोकन गर्न सक्ने छन् । यस अघि पर्यटकका लागि बबईमा र्फटिङ्ग गर्न र बबई भ्याली अवलोकन गर्न अनुमती दिइएको थिएन् ।


नयाँ प्रवेश द्धार खुला भएसँगै पर्यटकको आगमनमा पनि वृद्धि हुने भएपछि पर्यटन व्यवसायी पनि खुशी भएका छन् । पर्यटक व्यवसायी कृष्ण भट्राईका अनुसार पर्यटनकर्मीको काम पर्यटकलाई जती सक्दो बढी र राम्रो सुविधा दिने रहेको छ । बर्दिया निकुञ्ज ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यहाँ बाघ, गैँडा, हात्ती, बाह्रसिगा लगाएतका वन्यजन्तु सजिलै देख्न पाइने भएपछि पछिल्लो समयमा निकुञ्ज् अवलोकन गर्ने आउने पर्यटकको संख्या पनि बढ्दो छ । निकुञ्जले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष २०७४÷०७५ मा ५ हजार ९५७ विदेशी पर्यटक, ८ सय १६ सार्क देशका पर्यटक र आन्तरिक १३ हजार ५११ गरि जम्मा २० हजार २८४ बर्दिया निकुञ्ज भित्रिएका थिए ।

No comments:

Post a Comment

Pages