११३ वर्षअघि डुबेको जहाज फेला प–यो, हुनसक्छ २०० टन सुन - समता पोस्ट

सत्य सुचना मनोरञ्जन र खबरको संगालो

हेडलाईन

Revnue

Thursday 19 July 2018

११३ वर्षअघि डुबेको जहाज फेला प–यो, हुनसक्छ २०० टन सुन

काठमाडौं – दक्षिण कोरियाको एक टोलीले रुसी जहाजको भग्नावशेष फेला पारेको दाबी गरेको छ । त्यसमा २०० टन सुन भएको दाबी गरिएको छ । 

ती सबैको मूल्य लगभग १३ लाख करोड रुपैयाँ भएको बताइएको छ । 

बेलायती पत्रिका डेली टेलिग्राफका अनुसार, जहाजको भग्नावशेष दक्षिण कोरियाली टापु उलुंगडोनजिक १४ सय फीटको गहिराइमा भेटियो । 

रुसी जलसेनाको दिमित्री दोन्सकोई नामक जहाज सुनसहित सन् १९०५ मा डुबेको थियो । 

समाचारअनुसार, जहाज खोज्न दक्षिण कोरिया, बेलायत र क्यानडाका टोलीहरू मिलेर काम गरिरहेका थिए । यी टोलीहरूले भग्नावशेषको तस्वीर खिच्नका लागि दुईवटा पनडुब्बीको उपयोग गरे । 

जहाजमा सुनको बिस्किट र सिक्काहरू भरिएका ५५ सय बाकस थिए । जापान यसमा कब्जा गर्न चाहन्थ्यो तर त्यसअघि नै जहाज डुब्यो । 

जहाज खोज्ने सउलको शिनिल समूहले नोभेम्बरसम्ममा जहाजलाई बाहिर निकालिने आशा गरेको छ । 

कम्पनीका अनुसार, भेटिएको सुनमध्ये आधा रुसलाई दिइनेछ । सुनबाट पाइने १० प्रतिशत रकम उलुंगडो टापुमा संग्रहालय बनाउन खर्च गरिनेछ ।

एजेन्सी

No comments:

Post a Comment

Pages