थुक चाट्ने सजाय दिए वडा अध्यक्षले - समता पोस्ट

सत्य सुचना मनोरञ्जन र खबरको संगालो

हेडलाईन

Revnue

Saturday 19 May 2018

थुक चाट्ने सजाय दिए वडा अध्यक्षले


समतापोस्ट(महोत्तरी)- महोत्तरीको पिपरा गाउँपालिका ६ का वडाध्यक्ष रामदेव हात्तीले स्थानीय एक महिलालाई धानको भुस चोरेको आरोपमा थुक चाट्न लगाएर सजाय दिएका छन्।

स्थानीय सुकदेव साहकी ३७ वर्षीया श्रीमती समतोलियादेवी साहलाई वडाध्यक्ष हात्तीले भुस चोरेवापत सादा कागमा सही गराएर थुक चाट्न लगाएका खबर आजको नयाँ पत्रिका दैनिकमा रञ्जन भण्डारीले महोत्तरीबाट लेखेका छन्।

आफूमाथि वडाध्यक्षले कुटपिट पनि गरेको पीडित साहले बताइन्। गत वैशाख १६ मा साहले छिमेकी जगरनाथ हात्तीको घरबाट नसोधिकन एक डालो भुस ल्याएकी थिइन्।

त्यो गल्तीवापत आफूले खुट्टा समाएर माफी मागे पनि वडाध्यक्षले कुटपिट गर्दै सार्वजनिक ठाउँमा थुक चाट्ने सजाय दिएको साहले बताइन्।

आफूमाथि वडाध्यक्षले अन्याय गरेको भन्दै उनले जिल्ला अदालत जलेश्वरमा मुद्दा समेत दायर गरेकी छन्। प्रहरीले न्याय नदिएपछि बाध्य भएर अदालत गुहार्नु परेको उनको भनाई छ।

No comments:

Post a Comment

Pages