स्थानीय तहमा उद्योगग्राम स्थापनाको तयारी - समता पोस्ट

सत्य सुचना मनोरञ्जन र खबरको संगालो

हेडलाईन

Revnue

Saturday 19 May 2018

स्थानीय तहमा उद्योगग्राम स्थापनाको तयारी


काठमाडौं । सरकारले स्थानीय तहमा उद्योगग्राम स्थापना गर्ने तयारी थालेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले नै हरेक स्थानीय तहमा एउटा/एउटा उद्योगग्राम खोल्ने निर्णय गरेको बताइएको छ । उद्योगग्रामका लागि आवश्यक कार्यविधिको मस्यौदा तयार भइसकेको उद्योग मन्त्रालयका प्रवक्ता गोपीकृष्ण खनालले आर्थिक अभियानलाई जानकारी दिए । उनले भने, ‘उद्योगग्रामको स्थापना भइसकेपछि सबै उद्योग एकैठाउँमा रहनेछन् । यसबाट उद्योगका लागि आवश्यक पानी, बिजुली, सडकलगायतका पूर्र्वाधारहरू दिन सजिलो हुन्छ ।


खनालका अनुसार त्यस्ता उद्योगग्रामसम्म अहिले तत्कालै ठूूला सडक बनाउन नसकिने भएकाले आवश्यकताअनुसारको लिङ्क रोड बनाइने छ । उद्योगहरू एकै ठाउँमा भएपछि सरकारलाई कर उठाउनसमेत सजिलो हुने उनको भनाइ छ । उद्योगग्रामको स्थापनाले वातावरण प्रदूषणमा पनि कमी आउने उनले बताए । उद्योगग्राममा सबै प्रकारका उद्योग रहे पनि साना तथा घरेलुअन्तर्गतका उत्पादनमूलक उद्योगलाई बढी प्राथमिकता दिइने बताइएको छ । ‘ठूलठूला सिमेण्ट उद्योग, र्इँटा उद्योग उद्योगग्राममा स्थापना गर्न दिइँदैन,’ उनले भने, ‘फर्निचर, समिललगायतका उद्योगहरू रहनेछन् ।’ धादिङ, नीलकण्ठ, नवबुद्ध, पनौती, धनुषाको सबैला, धुलिखेल, रौतहटको चन्द्रपुर, बाराको कोल्बी, रौतहटको गुजारालगायतका नगरपालिकाले उद्योगग्रामका लागि जग्गासमेत छुट्याइसकेको
मन्त्रालयले बताएको छ ।

उद्योगग्राम स्थापनाका लागि शहरी विकास मन्त्रालय, उद्योग मन्त्रालय, सम्बन्धित नगरपालिका र सीटीईभीटी गरी चारओटा निकायले संयुक्त रूपमा काम गर्ने बताइएको छ । 

स्रोतका अनुसार शहरी विकास मन्त्रालयले उद्योगग्राम आसपासको योजनाका साथै उद्योगग्रामको लेआउट बनाउने छन् भने उद्योग मन्त्रालयले उद्योगग्रामका लागि आवश्यक पूर्वाधार बिजुली, पानी र सडकको व्यवस्था गर्ने छन् । त्यस्तै सम्बन्धित नगरपालिकाले जग्गा छुट्याउने र स्थानीय पूर्वाधार बनाउने छन् भने सीटीईभीटीले उद्योगग्रामभित्र चाहिने जनशक्तिलाई तालीम दिने काम गर्ने छ ।

No comments:

Post a Comment

Pages